७ जेठ, २०८१ सोमबार

09:06:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सत्ता गठबन्धनको बैठक बस्दै

Nepal Business

४ माघ, २०७८

सत्ता गठबन्धनको बैठक बस्दै

फाईल फोटो

काठमाडौं।

सत्तारूढ गठबन्धन दलहरूको बैठक मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटमा यस्तो समझदारी बनेको हो ।
राष्ट्रिय सभा निर्वाचनको रणनीति, संसद् खुलाउने विषय तथा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गरेको तयारीलगायतका विषयमा छलफल गर्ने उद्देश्यले गठबन्धनको बैठक बस्न लागेको हो ।
गठबन्धनको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको रणनीति, स्थानीय तहको निर्वाचन मिति घोषणालगायतका विषयमा छलफल हुने बताईएको छ । अध्यक्ष दाहाललाई कोरोना सङ्क्रमण भएपछि दुई नेताबीच भेट भएको थिएन ।