३ जेठ, २०८१ बिहिबार

06:56:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मौन अवधि २४ घण्टा बनाउन निर्वाचन आयोगलाई एमालेको सुझाव (सुझावसहित)

६ भदौ, २०७९

मौन अवधि २४ घण्टा बनाउन निर्वाचन आयोगलाई एमालेको सुझाव (सुझावसहित)

काठमाडौं । नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन प्रस्ताव गरेको छ । निर्वाचन आयोगले दलहरुसँग गरेको छलफलमा एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन प्रस्ताव गरेको छ ।

आयोगलाई १३ बुँदे सुझाव दिदै एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ भन्दा बढी जुलुस लान नपाउने व्‍यवस्था हटाउन पनि माग गरेको छ ।

एमालेले अनुसूची–३ को दफा ८ को मत सदर बदर भए उपरको पुनरावेदकीय अधिकारबाट बञ्चित हुने प्रावधान हटाउनुपर्ने र निर्वाचन आचारसंहिता पालना नगरेकोविरुद्ध दिइने उजुरीको ढाँचालाई अनिवार्य नगर्ने पनि सुझाव दिएको छ।