७ बैशाख, २०८१ शुक्रबार

08:51:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकाले नेपाललाई १५ मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा

Nepal Business

६ भदौ, २०७९

अमेरिकाले नेपाललाई १५ मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा

काठमाण्डौं । अमेरिकाले नेपाललाई १५ मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । अमेरिकाले विश्व खाद्य संकटको सम्बोधन गर्न नेपाललाई १५ मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा गरेको हो । 

अमेरिकाले नेपालसहित विश्वका ४७ मुलुकहरुलाई खाद्य, रासायनिक मल र इन्धनको मूल्य महंगीएसँगै त्यसबाट बढ्दो गरिबी, भोक र कुपोषणबाट बँच्न सहयोग रकम प्रदान गर्ने जनाएको छ ।

अमेरिकाले विश्व खाद्य संकटको लागि २.७६ बिलियन अमेरिकी डलर अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत् सहयोग गर्ने निर्णय गरेको थियो ।
सोही कार्यक्रम अन्तर्गत यूएसएआईडीमार्फत् नेपालले १५ मिलियन अमेरिकी डलर पाउन लागेको हो ।

उक्त सहयोग रुसले युक्रेनमाथि गरेको युद्धको कारण बढ्दै गरेको संकटबाट नेपालका प्रभावित मानिसलाई सहयोग गर्न दिइएको अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।