३ जेठ, २०८१ बिहिबार

01:06:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

Nepal Business

६ भदौ, २०७९

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । सोमबार बसेको बैठकले कांग्रेस सांसद प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकमा सभामुख अग्नी सापकोटाले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भाद्र ७ गते १० बजे बोलाइएको छ ।

त्यस्तै सोमबार नै बसेको राष्ट्रियसभाको बैठकले पनि गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भाद्र १२ गते बस्नेगरि स्थगीत भएको छ ।

वि.स २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सांसद गिरीको ७५ वर्षको उमेरमा शनिबा निधन भएको थियो 

 गिरीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।