१८ माघ, २०८१ शुक्रबार

08:45:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा समस्याः प्रमुख आयुक्त थपलिया

५ भदौ, २०७९

निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा समस्याः प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारवाही हुन नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको बताउनुभएको छ । आइतबार ललितपुरमा सञ्चारकर्मीसंगको अन्तक्र्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानूनबिपरित भएको भन्दै त्यस्ता तत्वलाई कारवाही हुन नसक्दा मनोवदन बढ्दै गएको बताउनुभएको हो ।

उहाँले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भन्न गाह्रयो नहुने भएकाले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको धारणा राख्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोहि अनुरुप मिति तय गरेको जिकिर गर्नुभयो ।

एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उहाँको भनाई छ । थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएपनि आयोगले तीव्र रुपमा आफ्नो काम अघि बढाएको जिकिर गर्नुभयो ।