२३ बैशाख, २०८१ आइतबार

01:17:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा लन्च हुँदै

५ भदौ, २०७९

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा लन्च हुँदै

काठमाडौं । सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी भइरहेको बताएको छ ।

प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका लागि प्रतिक्षा बनेको कम्पनीको भनाइ छ । यो स्कुटरमा भएका अत्याधुनिक प्रविधि र सुरक्षा तथा अन्य विभिन्न फिचरका कारण धेरैलाई लोभ्याउने अनुमान गरिएको छ ।

कम्पनीका अनुसार सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८।७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ ।

सुजुकी एभेनिसको १२५ स्कुटर बुकिङ खुला गरिएको र सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ  ।