१६ बैशाख, २०८१ आइतबार

05:08:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनियाँ नाकामा रोकियो सामान, समस्या समाधान गर्न सरकारसँग आग्रह

५ भदौ, २०७९

चिनियाँ नाकामा रोकियो सामान, समस्या समाधान गर्न सरकारसँग आग्रह

काठमाडौं । दसैँको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु चिन्तित बनेका छन् ।  नेपालीहरुको महानपर्व दशैं तथातिहार नजिकिएको बेलानाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायीमहासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधा गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्षकुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधा गर्न अनुरोध गर्नुभएको छ ।

‘चाडपर्व लक्षित सामानहरु चिनियाँ नाकामा केही समयदेखि रोकिएको र समयमा सामान आइनपुग्दा सम्पूर्ण व्यवसायीहरु धराशायी हुने खतरा बढेको छ, विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीहरुले निकै समस्या खेपिरहेका छन्, सीमानामा यही किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुन सक्ने खतरा बढेको छ, यसर्थ, नाकामा देखिएका समस्याहरु समाधान गर्नका लागि आवश्यक कुटनीतिक पहल गरी यथाशिघ्र यी समस्याहरु समाधान गरिदिनु हुन नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालाहरुसँग नेपाल राष्ट्रिय व्यवसायी महासंघ अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।