२१ बैशाख, २०८१ शुक्रबार

01:25:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कल्पना गर्न सकिन्थ्यो बागमतीमा जलयात्रा ? आज (शनिबार) र्‍याफ्टिङ चल्यो सरर....

Nepal Business

४ भदौ, २०७९

१२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा)सहितको साढे ५ किलोमिटर जलयात्रा गरेका हुन् ।

कल्पना गर्न सकिन्थ्यो बागमतीमा जलयात्रा ? आज (शनिबार) र्‍याफ्टिङ चल्यो सरर....

काठमाडौँ —
काठमाडौँस्थित वाग्मती नदीमा शनिबार बिहान र्‍याफ्टिङ गरिएको छ । 

वाग्मती सफाइ अभियान तथा २२औं वाग्मती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले आज शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो । 

वाग्मती सफाइ अभियान तथा २२औं वाग्मती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले आज शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो । 

१२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा)सहितको साढे ५ किलोमिटर जलयात्रा गरेका हुन् ।

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणी चौधरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहभागी थिए । उक्त जलयात्रामा वातावरणविद्लगायत विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए । 

कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो । सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको वाग्मती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनीयाममा जलयात्रा महोत्सव गर्दै आएको छ ।