३ जेठ, २०८१ बिहिबार

10:45:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माओवादीले आठ महिनापछि बल्ल चुन्यो पदाधिकारी, श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

Nepal Business

४ भदौ, २०७९

सत्तारुढ गठबन्धनका तर्फबाट नै साझा घोषणापत्र तयार पारेर निर्वाचनमा जाने तयारी छ । यद्यपि, पार्टीका तर्फबाट पनि घोषणापत्र तयार पार्ने ध्येयका साथ मस्यौदा समिति बनाइएको उपाध्यक्ष महराले जानकारी दिनुभयो ।

माओवादीले आठ महिनापछि बल्ल चुन्यो पदाधिकारी, श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

काठमाडौँ,
नेकपा (माओवादी केन्द्र) ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । यस्तै सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल हुनुहुन्छ ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्छ ।

यस्तै सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल हुनुहुन्छ ।

यस्तै नेताहरू लीलामणि पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुङ्गाना र जगत् सिम्खडा सदस्य हुनुहुन्छ । 

सत्तारुढ गठबन्धनका तर्फबाट नै साझा घोषणापत्र तयार पारेर निर्वाचनमा जाने तयारी छ । यद्यपि, पार्टीका तर्फबाट पनि घोषणापत्र तयार पार्ने ध्येयका साथ मस्यौदा समिति बनाइएको उपाध्यक्ष महराले जानकारी दिनुभयो ।
 
महाविधेशन सम्पन्न भएको आठ महिनापछि पदाधिकारी 

माओवादीले आठौँ महाधिवेशन सम्पन्न भएको आठ महिनापछि २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको प्रस्तावलाई सर्वसहमतिले पारित गरेको हो । माओवादी केन्द्रको गत पुसमा महाधिवेशन सम्पन्न गरेको थियो ।

महाधिवेशनले अध्यक्षमात्रै चयन गरेको थियो । शनिबार भएको निर्णयानुसार पदाधिकारीमा एक जनामात्रै महिला प्रतिनिधिका रूपमा उपमहासचिव पम्फा भुसाल हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा नेता महरा चयन हुँदा महासचिवमा गुरुङले जिम्मेवारी पाउनुभएको छ । माओवादीभित्र ‘कान्छाबहादुर’का रुपमा परिचित गुरुङ इमान्दार नेताका रूपमा स्थापित हुनुहुन्छ । 

हाल माओवादीको संसदीय दलको प्रमुख सचेतकको भूमिकामा समेत रहनुभएका गुरुङ पार्टीभित्र चौथो बरियतामा हुनुहुन्थ्यो ।

विशेषगरी महासचिव चयनको विषय सबैभन्दा बढी जटिल बनेको माओवादीका नेताहरूको टिप्पणी रहँदै आएको थियो । 

उपाध्यक्ष महराका अनुसार विशेष महाविधेशनसम्मका लागि पदाधिकारी चयन भएको र नयाँ परिस्थितिमा नयाँ तरिकाले जाने जानकारी दिनुभयो ।

माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने जनाएको छ । यद्यपि त्यस्तो महाधिवेशन कहिले आयोजना हुन्छ भन्नेबारेमा उहाँले केही जानकारी दिनुभएन ।

उपाध्यक्ष महराले भन्नुभयो, “यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि हो । तत्कालका लागि सन्तुलित र निर्वाचनलाई ध्यान दिएर तय गरिएको हो । विशेष महाधिवेशनमा नयाँ सोच आउँछ ।” 

आठौँ महाधिवेशनकै क्रममा विचारको विकास र सङ्ठगनात्मक प्रणाली तय गर्नका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरिएको थियो । यस्तै स्थायी समितिको बैठकले अखिल (क्रान्तिकारी)भित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष दाहाललाई नै जिम्मेवारी दिएको छ ।