२६ बैशाख, २०८१ बुधबार

10:58:07 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्धनकोे मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्छ, स्वचालित समायोजनको विकल्प छैन

Nepal Business

४ भदौ, २०७९

“इन्धनमा स्वचालित मूल्य कायम गरिएको छ, सोही अनुसार सरकार अगाडि बढ्नुपर्छ, उपभोक्तालाई मारमा पार्न हुँदैन”, उहाँले भन्नुभयो ।

इन्धनकोे मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्छ, स्वचालित समायोजनको विकल्प छैन

काठमाडौँ,
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताउनुभएको छ । 

काठमाडौँ महानगरपालिका–१० लाखेचौरमा निर्माण भएको सामुदायिक सभा हलको शनिबार उद्घाटन गर्दै उहाँले महँगीको मारमा परेका जनतालाई राहत दिलाउनका लागि सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।

स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उहाँको भनाइ थियो । “इन्धनमा स्वचालित मूल्य कायम गरिएको छ, सोही अनुसार सरकार अगाडि बढ्नुपर्छ, उपभोक्तालाई मारमा पार्न हुँदैन”,  उहाँले भन्नुभयो ।
 
स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा नेपालमा मूल्य नघट्नु दुःखद् कुरा भएको उहाँको भनाइ थियो । सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने उहाँको भनाइ छ ।
 
पूर्वउपप्रधानमन्त्री सिंहले काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी गर्नुपर्ने बताउनुभयो ।