२४ बैशाख, २०८१ सोमबार

12:29:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कसरी चल्दै छ अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माणको काम

Nepal Business

३ भदौ, २०७९

हाल पाइपलाइनबाट प्रतिघण्टा दुई सय ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ ।

कसरी चल्दै छ अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माणको काम

बागमती,
विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । 

दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो ।

दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो ।

मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल  आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेशगञ्ज डिपोले जनाएको छ । 

मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आइओसी)ले गर्ने बताइएको छ ।

उक्त पूर्वाधार निर्माण गर्न रु एक अर्ब ३० करोड लागत लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो । 

भण्डारण गृह निर्माण नभएका कारण  पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको उहाँले भन्नुभयो । उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २०७६  भदौ २४ गते सम्पन्न कार्यबाट पाइपलाइनबाट डिजेल आयात गर्न सुरु भएको बताइएको छ ।

दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण  गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुई ट्याङ्की निर्माण भइरहेको छ । 

साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङ्गसेट निर्माण गर्न लागिएको हो ।

यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ । पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ । त्यस्तै मोतिहारीमा पनि पेट्रोल भण्डारणगृह निर्माण भइरहेको छ ।

 विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमीको दूरीमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो ।

 हाल पाइपलाइनबाट प्रतिघण्टा दुई सय ५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ ।