१८ माघ, २०८१ शुक्रबार
10:45:16 PM
३ भदौ, २०७९
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा कमरेडको जनै पुस्तक बिमोचन गर्दै शर्माले अहिले काठमाडौंको सडक जताजतै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताउनुभएको हो ।
उहाँले फोहरको दिर्घकालि समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बञ्चरेडाडाँबासीन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहको जिकिर गर्नुभयो । शासन व्यवस्था फेरिएपनि मुलुकको अवस्था फेरिन नसकेको उहाँको भनाई छ ।
त्यस्तै शर्माले युवाहरुले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको धारणा राख्नुभयो ।