१८ माघ, २०८१ शुक्रबार

10:38:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३८ लाख ६० हजार बराबरको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

Nepal Business

३ भदौ, २०७९

३८ लाख ६० हजार बराबरको सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले चामल भन्दै सुर्ती र पान मसला ल्याएको ना ८ ख ३४२६ नम्बरको ट्रक नियन्त्रणमा लिएको  छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले उक्त मालवाहक ट्रकमा चामलको बिल मात्र साथमा रहेको तर सुर्तीजन्य वस्तु पनि लोड गरेको पाइएकाले वीरगंजको परवानीपुर चोकबाट नियन्त्रणमा लिएको हो । 

उहाँका अनुसार ३८ लाख ६० हजार १०० मूल्य बराबरको १६ बोरा सुर्ती, १४ बोरा चैनी पानमसला तथा १० बोरा चेरी पानमसला भेटिएको छ । प्रहरीले ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जानकारी दिएको छ ।