१८ माघ, २०८१ शुक्रबार
09:41:01 PM
२ भदौ, २०७९
काठमाडौं । हुन्डी कारोबारीको आरोपमा काठमाडौंबाट ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ६९ लाख रूपैयाँसहित घण्टाघर र कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर १० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई ७ घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिशलकुमार शाह र धनुषाको जनकपुर ३ घर भई हाल काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्का रहेका छन् ।
घण्टाघरमा श्रेष्ठले सञ्चालन गर्दै आएको सर्जोग टुर एन्ड ट्राभल्सबाट ६० लाख र कलंकीमा गोयन्काले सन्चालन गर्दै आएको आनी इन्टरनेसनलबाट ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । गोयन्काको कर्मचारी रहेका शाहले श्रेष्ठको कार्यालयमा हुन्डीको रकम लिन आएको बेला छापा मारेको प्रहरीले जनाएको छ ।