१८ माघ, २०८१ शुक्रबार
09:30:40 PM
२ भदौ, २०७९
काठमाडौं । विज्ञापन बोर्डले सहकारीलगायतका वित्तिय संथामा रकम जम्मा गर्नुभन्दा अगाडी संस्थाको बारेमा बुझ्न आग्रह गरेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै हचुवाको भरमा कुनै पनि संस्थामा रकम जम्मा नगर्न आग्रह गरेको हो ।
बोर्डले कुनै पनि सहकारीलगायलका वित्तिय संथामा आफुले दुख गरेर कमाएको पैसा जम्मा गर्दा विश्वसनीयता परीक्षण गरेर मात्रै जम्मा गर्न अनुरोध गरेको हो ।
बचत गर्दा ध्यान दिऔँ, सहकारीलगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुनुहुन्छ ? त्यसो हो भने, त्यस्ता संस्थाको वित्तीय विश्वसनीयताको परीक्षण गर्न नबिसौं । बढी ब्याजको लोभमा नफसौं र ब्याजको लोभमा साँवा समेत नगुमाऔँ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।