२१ बैशाख, २०८१ शुक्रबार

05:27:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल इयुको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

Nepal Business

१ भदौ, २०७९

नेपाल हवाई यातायात नियन्त्रक सङ्घले बुधबार आयोजना गरेको २१ औँ वार्षिक साधारणसभामा उहाँले हवाई उड्डयन सुरक्षाको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेकाले नेपाललाई इयुले सुरक्षा सूचीमा राखिरहन नपर्ने धारणा राख्नुभयो ।

नेपाल इयुको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपेली सङ्घ (इयु) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएकाले इयुले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताउनुभयो ।

नेपाल हवाई यातायात नियन्त्रक सङ्घले बुधबार आयोजना गरेको २१ औँ वार्षिक साधारणसभामा उहाँले हवाई उड्डयन सुरक्षाको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेकाले नेपाललाई इयुले सुरक्षा सूचीमा राखिरहन नपर्ने धारणा राख्नुभयो ।

मन्त्री श्रेष्ठले नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएकाले इयुले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । 

इयुको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्बन्धी निर्णय पुनर्विचार गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।