१८ माघ, २०८१ शुक्रबार
10:40:13 PM
१ भदौ, २०७९
काठमाण्डौं । नेपालमा विगत १४ वर्षमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । १४ वर्षको अवधिमा गएको आर्थिक वर्षमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षमा ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको वैदेशिक रोजगार वोर्डले जानकारी दिएको हो ।
यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको वोर्डले जनाएको छ ।
वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ अर्ब रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब रुपैयाँ, २०६९/७० मा ४ खर्ब ३४ अर्ब रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५/७६ मा ८ खर्ब ७९अर्ब रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपालमा रेमिट्यान्स भित्रिदा देशको अर्थतन्त्रका लागि फाइदा हुन्छ । तर सो रेमिट्यान्स पठाउने युवाहरुको ज्यान त्यतिकै जोखिममा छ । वैदेशिक रोजगारका लागि गएका युवाहरुले अकालमै ज्यान गुमाइरहेका छन् ।
पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको मृत्यु भएको छ । यस अवधिमा सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु गएको वर्ष भएको छ । सोही वर्ष सबैभन्दा धेै रेमिट्यान्स पनि नेपाल भित्रिएको छ ।
गत वर्ष वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ ।
वोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५/६६ मा ७८, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा १ हजार ६, २०७२/७३ मा ८२६, २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२ र २०७७/७८ मा १ हजार २४३ जनाको मृत्यु भएको छ ।
वोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न दुर्घटनाहरुमा परी अंगभंग हुनेको संख्या २ हजार १२५ रहेको छ ।