४ जेठ, २०८१ शुक्रबार

02:23:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगामी निर्वाचनमा गठबन्धन कायम रहने सूचनामन्त्री कार्कीको भनाइ

Nepal Business

१ भदौ, २०७९

आगामी निर्वाचनमा गठबन्धन कायम रहने सूचनामन्त्री कार्कीको भनाइ

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समृद्ध मुलुक निर्माणका निम्ति आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताउनुभएको छ ।

कृष्णप्रसाद भट्टराई फाउन्डेशनले बुधबार काठमाण्डौंमा आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई÷शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका गठबन्धन कायम रहने बताउनुभएको हो ।

उहाँले जलस्रोत, पर्यटन, कृषि क्षेत्रलाई उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुुलुकका रुपमा विकास गर्ने योजना गरेको धारणा राख्नुभयो । विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न उहाले जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

मन्त्री कार्कीले सीमित स्रोत/साधनबीच योजना बनाएर प्राथमिकताका आधारमा गर्नुपर्ने काममा ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।