१८ माघ, २०८१ शुक्रबार
10:28:08 PM
१ भदौ, २०७९
काठमाडौं । अर्थमन्त्रीका आर्थिक सल्लाहकारमा डा. शालिक राम पोखरेल पुनः नियुक्त हुनुभएको छ । नेपाल राष्ट्र बैंकका अनुसन्धान बिभागका उपनिर्देशक डा पोखरेल अर्थमन्त्रीका आर्थिक सल्लाहकारमा पुनः नियुक्त हुनुभएको हो । क्लिन चिट पाएर पुनः अर्थमन्त्री बन्नुभएका जनार्दन शर्माले पोखरेललाई दोस्रो पटक सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
अर्थमन्त्री शर्माले यस अगाडी पनि पोखरेललाई आर्थिक तथा बैंकिंङ विज्ञ नियुक्त गर्नुभएको थिए। यस अगाडीको सचिवालय सदस्य मध्ये धेरैले निरन्तरता नपाएपनि अर्थमन्त्री शर्माले पोखरेललाई भने दोहोर्याउनुभएको हो ।
मन्त्रिस्तरीय निर्णयगरि पोखरेललाई आर्थिक सल्लाहकारमा नियुक्त गरिएको हो। उहाँले आजदेखि आफ्नो जिम्मेवारी निर्वाह गर्नुहुने छ । पोखरेल लामो समयदेखि नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यरत रहनुभएको छ ।