१८ माघ, २०८१ शुक्रबार
10:43:06 PM
१ भदौ, २०७९
काठमाण्डौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि–वितरण तथा प्रयोगमा निषेध गरेको छ ।
नेपाल सरकारले १९ असोज २०७८ मा राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।
मन्त्रिपरिषदले १७ माघ २०७८ मा प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो । यसलाई १ भदौबाट कडाईका साथ पालना गरिने विभागले जनाएको छ ।
बुधबार वातावरण विभागका अनुसार आजबाट यो निर्णयलाई कडाईका साथ लागू गर्ने जनाएको छ । यो निर्णय कार्यान्वयन भए नभएको बारे पनि कडा अनुगमन हुने विभागले जनाएको छ ।