२९ चैत, २०८१ शुक्रबार

01:38:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

Nepal Business

३१ साउन, २०७९

“कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफूले बनाएर बनेको छ”, उहाँले भन्नुभयो, “हामी पनि हाम्रो देश बनाउन आफैँ लाग्नुपर्छ । हामीले अनावश्यक गफ दिएर हुँदैन । ”

देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

काठमाडोँ,

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताउनुभएको छ । 

अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज मंगलबार आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उहाँले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताउनुभयो । 

अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज मंगलबार आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उहाँले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताउनुभयो । 

“कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफूले बनाएर बनेको छ”, उहाँले भन्नुभयो, “हामी पनि हाम्रो देश बनाउन आफैँ लाग्नुपर्छ । हामीले अनावश्यक गफ दिएर हुँदैन । ”

उहाँले चीनजस्तो ठूलो देश पनि तीन चार दशक अगाडि गरिब रहेको र आफ्नै मिहिनेतले अहिले समृद्ध बनेको बताउनुभयो । “चीन तीनरचार दशक अगाडि गरिब थियो । 

तीनचार दशकमा ठूलो जनसङ्ख्यालाई कसरी खुवाउन सक्छ भन्ने थियो”, उहाँले भन्नुभयो, “आफ्नै खुट्टामा उभिएर चीन बनेको हो । चीनजस्तो ठूलो देश बनाउन सकिन्छ भने हाम्रोजस्तो सानो देशलाई चिटिक्क र समृद्ध बनाउन हामी पनि सक्छौँ ।”

पूर्वप्रधानमन्त्री ओलीले महिला आन्दोलन, महिला सशक्तीकरण, महिला जागरणलाई गलत बाटोतिर जान दिनु नहुने भनाइ राख्नुभयो । समाजलाई सभ्य सुसंस्कृतिको बाटोमा लैजान महिला आन्दोलन आवश्यक रहेको उहाँको भनाइ थियो ।  

 अध्यक्ष ओलीले नेपाली महिलाहरू इतिहासमा अग्रगामी स्थानमा भए पनि तीनरचार सय वर्षयता महिलालाई पछि पार्न थालिएको बताउनुभयो । उहाँले राजनीतिमा महिलाको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।