१८ माघ, २०८१ शुक्रबार

11:35:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गत आबमा उच्च विन्दुको महंगी

Nepal Business

३१ साउन, २०७९

पछिल्लो ६ वर्षमा तेस्रोपटक ८ प्रतिशतभन्दा बढी मुल्यबृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गत आबमा उच्च विन्दुको महंगी

नेपालमा गएको आर्थिक वर्षमा गएको ६ वर्ष यताकै सबैभन्दा धेरै महंगी बढेको पाइएको छ ।

असारमा महँगी केही कम भए पनि गत आर्थिक वर्षमा पछिल्लो ६ वर्ष यताकै धेरै मूल्यवृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको वार्षिक मूल्यवृद्धि ६.३२ प्रतिशत थियो । जुन ६ वर्ष यताकै धेरै मूल्यवृद्धि हो ।

तर गत जेठमा ८.५६ प्रतिशतले मूल्यवृद्धि भएकोमा असारमा ८.०८ प्रतिशतले मूल्य घटेको हो ।

पछिल्लो ६ वर्षमा तेस्रोपटक ८ प्रतिशतभन्दा बढी मुल्यबृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि २०७३ साउनमा ८.६१ प्रतिशतले महँगी बढेको थियो । त्यसयता गत जेठसम्म मूल्यवृद्धि ८ प्रतिशतभन्दा कम नै थियो ।
 गत जेठ महिनामा पेट्रोलियम पदार्थको मूल्य बढ्दा विभिन्न वस्तु तथा सेवाको मूल्य बढेपछि महँगी उच्च दरमा बढेको थियो ।

पछिल्लो समय पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यमा केही गिरावट आएपछि जेठको तुलनामा असारमा महँगी घटेको हो ।

असारमा महँगी केही कम भए पनि गत आर्थिक वर्षमा पछिल्लो ६ वर्ष यताकै धेरै मूल्यवृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको वार्षिक मूल्यवृद्धि ६.३२ प्रतिशत थियो । जुन ६ वर्ष यताकै धेरै मूल्यवृद्धि हो ।

भारतले नाकाबन्दी गरेको आर्थिक वर्ष २०७२/७३ मा मूल्यवृद्धि ९.९२ प्रतिशत थियो । त्यसपछि आर्थिक वर्षमा २०७६/७७ मूल्यवृद्धि ६.१५ प्रतिशत विन्दुले बढेको थियो ।

गत आर्थिक वर्षमा रुस र युक्रेन युद्धले खाद्यवस्तुका साथै पेट्रोलियम पदार्थको समेत मूल्य बढेपछि महँगी बढेको हो ।

गत वर्ष खाद्य वस्तुको मूल्य ५.६९ प्रतिशतले वृद्धि हुँदा गैर खाद्य वस्तुको मूल्य ६.८३ प्रतिशतले बढेको छ ।