१८ माघ, २०८१ शुक्रबार

11:36:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्यो रेमिट्यान्स : ४.८ प्रतिशतले वृद्धि हुँदा एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब

Nepal Business

३१ साउन, २०७९

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढ्दा रेमिट्यान्समा सुधार देखिएको छ ।

बढ्यो रेमिट्यान्स : ४.८ प्रतिशतले वृद्धि हुँदा एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब

काठमाडौँ 

गत आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्सको आप्रवाह अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४.८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष कुल १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्समा सुधार देखिएको छ ।

गत आर्थिक वर्ष कुल १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढ्दा रेमिट्यान्समा सुधार देखिएको छ । 

गत आवमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५४ हजार ६६० रहेको छ । वैदेशिक रोजगारीका लागि पुन श्रम स्वीकृति लिने नेपालीको संख्या १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४५३ पुगेको छ ।