१८ माघ, २०८१ शुक्रबार
11:43:18 PM
३१ साउन, २०७९
प्रवक्ता पौडेलका अनुसार तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६५२ जना समेत १ लाख २३ हजार ७८३ जना छन् ।
काठमाडौं
निर्वाचन आयोगले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर, चुनावी खर्च विवरण नबुझाएका १ लाख २३ हजार ७८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरू गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गरी खर्च विवरण नबुझाउने उम्मेदवारको कारबाही प्रक्रिया प्रारम्भ गरेको जानकारी दिएका छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गरी खर्च विवरण नबुझाउने उम्मेदवारको कारबाही प्रक्रिया प्रारम्भ गरेको जानकारी दिएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।
प्रवक्ता पौडेलका अनुसार तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६५२ जना समेत १ लाख २३ हजार ७८३ जना छन् ।
प्रवक्ता पौडेलका अनुसार, ‘ती उम्मेदवारहरुलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईँहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ भनी सोधिएको छ ।
सोधिएका प्रश्नहरुको जवाफसहित आफ्नो स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आयोगले आदेश दिइएको छ ।