१६ बैशाख, २०८१ आइतबार

05:57:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक बर्षमा नेपालले आयात गर्यो १ अर्ब १० करोड बढीको घडी

३१ साउन, २०७९

एक बर्षमा नेपालले आयात गर्यो १ अर्ब १० करोड बढीको घडी

काठमाडौं । नेपालमा एक वर्षमा विभिन्न प्रकारका १ अर्बभन्दा बढीको घडीहरु आयात हुने गरेको छ । भन्सार विभागले साार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८।७९ मा नेपालले उक्त मुल्य बराबरको घडी आयात गरेको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब १० करोड १६ लाख ७९ हजार रुपैयाँको ९० भन्दा बढी विभिन्न प्रकारका  घडी आगात गरेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष ७७ करोड ३ लाख ८२ हजार रुपैयाँको नाडी घडी नेपालमा भित्रिएको छ । सोही सयमा ७ करोड ३४ लाख ९५ हजार रुपैयाँको भित्ते घडी भित्रिएको  विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा ६४ करोड ५८ लाख ९० हजार रुपैयाँको विभिन्न प्रकारका घडी नेपालले आयात गरेको थियो ।