२ जेठ, २०८१ बुधबार

04:06:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गण्डकी प्रदेशको ११ वटै जिल्लामा पर्यटन शाखा सञ्चालनमा ल्याउदै

३ माघ, २०७८

गण्डकी प्रदेशको ११ वटै जिल्लामा  पर्यटन शाखा सञ्चालनमा ल्याउदै

बागलुङ

गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ । बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले जानकारी दिनुभएको छ । 

मन्त्रालयले सङ्गठन तथा कर्मचारी व्यवस्थापन (ओएनएम) स्वीकृतका लागि मन्त्री परिषद पठाउने तयारी गरेको उँहाले बताउनुभयो  । उँहाले भन्नुभयो, ‘आउँदो आर्थिक वर्षदेखि यो कार्यान्वयनमा जान्छ, अब पर्यटनको काम जिल्लाबाटै हुने र अधिकृत तहका कर्मचारी, इन्जिनियरलगायतको दरबन्दी शाखामा रहने र त्यहीँबाट पर्यटन पूर्वाधारका योजनादेखि प्रवद्र्धनका काम सञ्चालन हुन्छ ।’

यसअघि पर्यटन सम्बद्ध सङ्घसंस्थाले जिल्लामा अलग्गै पर्यटन कार्यालय खोल्न माग गर्दै आएका थिए । छुट्टै कार्यालय आवश्यक नदेखिएकाले घरेलुमार्फत सेवा प्रवाह हुने गरी शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो ।

जिल्लामा पर्यटन क्षेत्र हेर्ने सरकारी निकाय÷संयन्त्र नहुँदा स–साना कामका लागि पनि प्रदेश राजधानी जानुपर्ने बाध्यता छ । पोखराबाट पर्यटन कार्यालय, पर्यटन बोर्डलगायतले सेवा दिइरहेका छन् । पर्यटनमा राज्यको लगानी बढेको र समृद्धिको आधार क्षेत्रका रुपमा पनि लिइए पनि सोही अनुसार सरकारी संरचना खडा हुन सकेको छैन ।

यसका कारण विकास योजनाका काम प्रभावित बन्ने गरेका छन् । पर्यटनका सेवामा सबैको पहुँच छैन । मन्त्री कँडेलले सर्वसाधारणको हित हेरेर मन्त्रालयले प्रदेशका दुई ठाउँमा कम्पनी रजिष्ट्रारको कार्यालय पनि ल्याउन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार छिट्टै कास्की र बागलुङमा त्यो कार्यालय सञ्चालनमा आउनेछ ।

विस्तारै चलायमान हुँदै गएको पर्यटन क्षेत्रमा कोरोनाको नयाँ भेरियन्टले पुनः त्रास थपेको हुँदा पर्यटन क्षेत्रको पुनःउत्थानका लागि सरकारले राहत र अनुदान सुविधा दिएको बताउनुभयो । होटल व्यवसायीलाई बिनाब्याज तीनलाई १५ लाख ऋण दिइरहेको छ । तर व्यवसायीले त्यो सुविधा लिन सकेको छैन्न ।

रासस