२९ चैत, २०८१ शुक्रबार

01:31:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक

Nepal Business

३१ साउन, २०७९

विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक

काठमाण्डौं । रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाईको पाँचौ संस्करण हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि इ–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।

वर्षौदेखि प्रविधी अनुसन्धानमा खटिएका दाजुभाई रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनले निर्वाचनका लागि सहज हुने दावी गरिएको छ ।

करिब एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ÷संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताउनुभयो । 

यद्धपी, निर्वाचन आयोगले भने मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उहाँले गुनासो गर्नुभयो ।

त्यस्तै, लक्ष्मण प्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले ४ वटा मतपत्रमा चिन्ह लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर इ–भोटिङ मेसिनमा औंलाले दबाउने भएकोले छिटो हुने दाबी गर्नुभयो ।

उहाँले अहिलेसम्म अपांगता भएका व्यक्तिहरुले कसैको सहयोगबिना मेसिनबाट मतदान गरेको सुनाउनुभयो । मेसिनले सिधै रिजल्ट देखाउने हुँदा नतिजाको लागि घण्टौंसम्म कुर्न नपर्ने उहाँको भनाई छ ।