२३ बैशाख, २०८१ आइतबार

02:11:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टानको अध्यक्षमा निलहरि बास्तोला विजयी

Nepal Business

३१ साउन, २०७९

टानको अध्यक्षमा निलहरि बास्तोला विजयी

काठमाण्डौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बाँस्तोला विजयी हुनुभएको छ । टानको ४४ औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उहाँ ६१६ मत प्राप्त गरी विजयी हुनु भएको हो । 

निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी  बाँस्तोलाको प्यानल नै विजयी भएको छ । उहाँका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गर्नुभएको थियो । 

नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँका अनुसार निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लाग्ने विश्वास दिलाउनुभयो । टानलाई समयसापेक्ष बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गरिने उहाँको भनाइ छ । 

कोभिडबाट शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने उहाँले बताउनुभयो । 

टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन् ।

महिला सदस्यमा सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार ८५० व्यवसायी आबद्ध छन् ।