२२ बैशाख, २०८१ शनिबार

06:15:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतमा अर्बपतिको संख्या १४२

३ माघ, २०७८

भारतमा अर्बपतिको संख्या १४२

एजेन्सी

कोरोना महामारीका कारण देशमा गरिब जनतासामु खाद्यान्नको संकट एकातिर छ भने यसै बेला देशमा धनीहरुको संख्या बढेको छ । एनजीओ अक्सफ्यामको प्रतिवेदन अनुसार २०२१ मा भारतमा अर्बपतिको संख्या १०२ बाट बढेर १४२ पुगेको छ ।

विश्व आर्थिक मञ्च २०२२ को पहिलो दिन हो । यस अवसरमा अक्सफ्यामले वार्षिक असमानता सर्वेक्षण जारी गरेको छ । यस अनुसार कोरोना अवधिमा भारतीय अर्बपतिहरूको कुल सम्पत्ति दोब्बर भएको छ । कोरोनाका कारण असमानता यति बढेको छ कि देशका १० प्रतिशत धनीसँग देशको ४५ प्रतिशत सम्पत्ति छ । त्यस्तै, देशको ५० प्रतिशत गरिब जनतासँग ६ प्रतिशत मात्रै सम्पत्ति छ । 

देशका ९८ धनीसँग ५५.५ करोड गरिब बराबरको सम्पत्ति छ । यस आर्थिक असमानता प्रतिवेदन अनुसार देशका १४२ अर्बपतिको कुल सम्पत्ति ७१९ अर्ब डलर अर्थात् ५३ लाख करोड रुपैयाँ छ  । ९८ धनी व्यक्तिसँग ५५५ करोड गरिब जनताको बराबर सम्पत्ति छ ।

यो करिब ६५७ अर्ब डलर अर्थात ४९ लाख करोड रुपैयाँ हो । यी ९८ परिवारको कुल सम्पत्ति भारत सरकारको कुल बजेटको ४१ प्रतिशत हो । प्रतिवेदनमा भारतका शीर्ष १० धनीले दैनिक १० लाख डलर अर्थात ७.४ करोड रुपैयाँ खर्च गरे पनि आफ्नो सम्पत्ति खर्च हुन ८४ वर्ष लाग्ने उल्लेख छ ।