१९ माघ, २०८१ शनिबार
12:42:39 AM
३० साउन, २०७९
प्रहरी वृत्त गौशालाबाट ओरालो झरेर वनकाली उद्यान हुँदै पशुपतिनाथ मूल मन्दिर छिर्ने भक्तजनलाई साउनको अन्तिम सोमबार सोमबार दुर्गन्धले नाक थुन्न बाध्य हुनुप¥यो ।
काठमाडौँ,
साउने सोमबार बिहानै वेद ध्वनिले आनन्दानुभूति हुने वाग्मती किनारस्थित पशुपति क्षेत्रमा सडकमाथिबाट बगेको ढलको दुर्गन्धले भक्तजनलाई आक्रोशित बनाएको छ ।
पशुपति क्षेत्रको वनकाली उद्यानअघि चार दिनदेखि ढल बगिरहेको छ । ढललाई छल्दै दर्शनार्थी पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन् ।
पशुपति क्षेत्रको वनकाली उद्यानअघि चार दिनदेखि ढल बगिरहेको छ । ढललाई छल्दै दर्शनार्थी पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन् ।
प्रहरी वृत्त गौशालाबाट ओरालो झरेर वनकाली उद्यान हुँदै पशुपतिनाथ मूल मन्दिर छिर्ने भक्तजनलाई साउनको अन्तिम सोमबार सोमबार दुर्गन्धले नाक थुन्न बाध्य हुनुप¥यो ।
राजधानीमा एक महिनाअघिदेखि नै फोहरसमेत उठ्न नसकेका बेला पशुपति क्षेत्र ढलले दुर्गन्धित बनेपछि हैजालगायत रोग फैलन सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ चाहिलबाट दर्शनका लागि आउनुभएकी दर्शनार्थी अनुषा लामा । ्
ढलको दुर्गन्धले कति भक्तजन त यो बाटोबाट फर्केर वैकल्पिक मार्ग प्रयोग गर्दै मन्दिर प्रवेश गरिरहेका छन्।
लामासँगै उहाँका दुई साथी सविना श्रेष्ठ र सपना तामाङ भने नाक थुनेर सडक पार गर्दै गरेको अवस्थामा भेटिनुभयो । साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा धेरै भीड हुने भएकाले घुमेर जाँदा दर्शन गरेर घर फर्कन ढिला हुने उहाँहरुको भनाइ छ ।
यस सम्बन्धमा प्रतिक्र्रिया लिनका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रवेश गर्दा कोषका पदाधिकारी र माथिल्लो तहका कर्मचारी कोही भेटिएनन् ।
कोष सञ्चालक परिषद् सदस्य अजुर्नप्रसाद बाँस्तोला आफैँ अध्यक्ष रहेको एउटा संस्थाको कार्यक्रममा भाग लिन जानुभएको र अन्य कर्मचारी पनि सोही कार्यक्रममा सहभागी भएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुहुन्छ ।
वनकाली उद्यानअघिको ढलको समस्या क्रोनिक भएको उहाँको भनाइ छ ।