१९ माघ, २०८१ शनिबार

12:35:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश (पूर्णपाठसहित)

३० साउन, २०७९

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश (पूर्णपाठसहित)

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाउनुभएको छ । सदनले साउन १५ मा विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाएकोमा राष्ट्रपति भण्डारीले आइतबार सदनलाई नै सन्देशसहित फिर्ता पठाउनुभएको हो ।

संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आमाको नामबाट नागरिकता लिन बाबु नभएको स्वघोषणा गर्नुपर्ने विषयमा प्रश्न उठाउनुभएको छ ।

विधेयकमा आवश्यक सुधारका ठाउँ समेत औंल्याएर सोहीअनुरूप सार्वभौम संसदमा छलफल एवम् कानुनी सुधार गरी विधेयक पुन प्रमाणीकरणका लागि पेस गर्न पनि राष्ट्रपतिले आफ्नो सन्देशमा आग्रह गर्नुभएको छ ।