२२ बैशाख, २०८१ शनिबार

06:22:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनियाँ ब्राण्ड कारको बिक्री बढ्यो

३ माघ, २०७८

नवीकरणीय ऊर्जाबाट चल्ने सवारीवाहनको विकास र उत्कृष्ट निर्यात रणनीतिलगायतका कारहरूलाई दिइएको छ । संघका अनुसार सन् २०२१ मा पहिलो पटक चिनियाँ सवारी साधनको वार्षिक निर्यात २ करोडभन्दा बढी पुगेको छ । यो हालैका वर्षहरूमा वार्षिक आँकडाभन्दा दोब्बर हो ।

चिनियाँ ब्राण्ड कारको बिक्री बढ्यो

सन् २०२१ मा चिनियाँ ब्राण्डका यात्रुवाहक सवारी साधनको बिक्री २३.१ प्रतिशतले बढेको उद्योग संघद्वारा जारी तथ्याङ्कले देखाएको छ । ‘चाइना एसोसिएसन अफ अटोमोबाइल्स म्यानुफ्याक्चरर्स’ का अनुसार गत वर्ष चिनियाँ ब्रान्डका ९५ लाख ४० हजारभन्दा बढी कार बिक्री भएका थियो ।

संघले यस वृद्धिको श्रेय नवीकरणीय ऊर्जाबाट चल्ने सवारीवाहनको विकास र उत्कृष्ट निर्यात रणनीतिलगायतका कारहरूलाई दिइएको छ । संघका अनुसार सन् २०२१ मा पहिलो पटक चिनियाँ सवारी साधनको वार्षिक निर्यात २ करोडभन्दा बढी पुगेको छ । यो हालैका वर्षहरूमा वार्षिक आँकडाभन्दा दोब्बर हो ।

गत वर्ष (सन् २०२१) मा चिनियाँ गाडीको बिक्री वर्षमा ६.५ प्रतिशतले बढेर दुई करोड १४ लाख ८० हजार पुगेको हा े। यसमध्ये ३५ लाख २० हजार नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधन रहेका छन। एक वर्ष पहिलेको तुलनामा नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनको बिक्री झन्डै १६० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।