१ भदौ, २०८२ आइतबार

05:23:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको पोखरेलको भनाइ

Nepal Business

३० साउन, २०७९

नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको पोखरेलको भनाइ

काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताउनुभएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाण्डौंमा आयोजना गरेको गोष्ठिमा पोखरेलले संघीय संसदले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताउनुभएको हो ।

उहाँले केवल चुनावी स्वार्थका लागि विदेशीहरुसँगको साँठगाँठमा गठबन्धन सरकारले हतार–हतार नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याएको आरोप लगाउनुभयो ।

यसअघि एमाले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको विधेयक एउटै भन्नु सरासर गलत भएको उहाँले बताउनुभयो ।

संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता बिधेयक देशको राष्ट्रिय स्वाधिनताको विपरित रहेकाले मान्य नहुने पोखरेलले बताउनुभयो ।

अब नागरिकता सम्बन्धी कानून निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उहाको भनाइ छ । पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक अस्थीरताको प्रमुख कारक बनेको जिकिर गर्नुभयो ।

उहाँले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका पक्षमा गठबन्धन घुँडा टेकेर एमालेको विरोध हुन्छ भने जस्ता सुकै कुरा गर्न पनि तत्पर भएको शक्ति भएको बताउनुभयो । उहाँले संगठनलाई बलियो बनाउदै पार्टीलाई समेत मजबुद बनाउने गरि काम गर्न अनेरास्ववियुलाई सुझाव दिनुभयो ।