२२ माघ, २०८१ मंगलबार

10:45:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो

३ माघ, २०७८

सुनको मूल्य बढ्यो

काठमाडौं

साताको दोस्रो दिन सुनको मूल्य सामान्य रुपमा उकालो लागेको छ । सोमबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार नौ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।