२९ चैत, २०८१ शुक्रबार

01:31:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्रालय माफियाको कब्जामा छः सांसद सुवाल

Nepal Business

२९ साउन, २०७९

अर्थमन्त्रालय माफियाको कब्जामा छः सांसद सुवाल

काठमाण्डौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्रालय माफियाको कब्जामा रहेको बताउनुभएको छ ।

आइतबार उहाँले प्रतिनिधि सभाको बैठकमा ‘बैंक वित्तीय संस्थाबाट प्रवाह भएको चालिस खर्ब ऋण मध्ये ३० खर्ब रुपैयाँ सय जना व्यापारीले चलाएको  बताउनुभएको हो । 

यसो हुँदा देशको अर्थतन्त्र माफियाको कब्जामा रहेको उहाँले बताउनुभयो । 

यस्तै उहाँले राष्ट्र बैंकले सात खर्ब रुपैयाँ बजारमा प्रवाह गरेको ऋण पाँच खर्ब रुपैयाँ मात्रै बैंकिङ च्यानलमा रहेको बताउनुभयो । बाँकी दुई खर्ब रुपैयाँ हराएको उनको आरोप छ।

यी विषयमा अर्थमन्त्रीले कुनै पनि कुरा चासोका साथ नहेरेको पनि उहाँले आरोप लगाउनु्भयो ।