१९ माघ, २०८१ शनिबार
12:48:44 AM
२९ साउन, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् । उपत्यकाको फोहोर बोकेर जाँदै गरेको टिपरको ठक्करबाट बाख्रा मरेपछि कागती गाउँका बासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेका हुन् ।
आइतबार बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको टिपरले किचेर बाख्रा मारेपछि स्थानीयले अवरोध गरेका हुन् । २ महिनादेखि राम्ररी फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका घरघरमा र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ । उपत्यकाको फोहोर हिजोदेखि उठ्न थालेको थियो । स्थानीयको अवरोधपछि फोहोरका सयौँ गाडी रोकिएका छन् ।