३० चैत, २०८१ शनिबार

10:03:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरुको ध्यान केन्द्रित भएको ओलीको भनाइ

Nepal Business

२९ साउन, २०७९

अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरुको ध्यान केन्द्रित भएको ओलीको भनाइ

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरुको ध्यान केन्द्रित भएको टिप्पणी गर्नुभएको छ ।

आइतबार काठमाण्डौंमा राष्ट्रिय आर्थिक मासिकको १२ औं वार्षिकोत्सव समारोहमा अध्यक्ष ओलीले अहिले मुलुकमा देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हावी भएको बताउनुभएको हो ।

उहाँले आफुले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह्रो  नभएको भन्दै कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसँग खेलबाड गर्न नहुने बताउनुभयो । 

त्यस्तै अध्यक्ष ओलीले गठबन्धन सरकारले जस्तो सुकै कदम चालेर र राज्यसंयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोशिस गरेको आरोप लगाउनुभयो । 

उहाँले एमालेले यसअघिको निर्वाचनमा कुनै पनि स्थानमा हमला नगरेको बरु एमालेका कार्यकर्तामा मारिएको र घाइते हुनुपरेको बताउनुभयो । 

अहिले सबैको ध्यान मुलुकको विकासमा केन्द्रित हुनुपर्ने भएपनि नेताहरुमा समृद्ध नेपाल सुखी नेपाली भन्ने हिम्मत नआएको उहाँले बताउनुभयो ।

उहाँले मुलुकको स्रोत साधनको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।