२६ जेठ, २०८२ आइतबार
11:23:55 AM
२९ साउन, २०७९
काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १७ अर्ब ७० करोड बराबरको ऋण सहायता स्वीकृत गरेको छ। गत साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज (आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट प्राप्त उक्त ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता दिन लागेको हो ।
त्यस्तै, जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।