२९ चैत, २०८१ शुक्रबार

01:36:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रचण्ड- बाबुरामले एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्ने

२९ साउन, २०७९

प्रचण्ड- बाबुरामले एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्ने

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न सहमत भएका छन् ।

आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय  डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएका हुन्  ।

समाजवादी केन्द्र बनाउने तयारी गरे पनि अहिलेका लागि भने चुनावी मोर्चा बनाएर जान बाबुराम र प्रचण्ड सहमत भएका हुन् । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।