२९ चैत, २०८१ शुक्रबार

01:33:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको योगेश भट्टराईको टिप्पणी

२९ साउन, २०७९

काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको योगेश भट्टराईको टिप्पणी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा भट्टराईले काठमाडौंमा फोहर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरु बेखबर रहेको भन्दै फोहर उठाउन सरकारको हुती नभएको बताउनुभएको हो ।

उहाँले काठमाडौंमा फोहर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा भएकाले फोहर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौंका मेयर बालेन्द्र साहलाई सुझाव दिनुभयो ।

वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर साह असफल हुने उहाँको भनाइ छ । भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौंका मेयरलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।