८ मंसिर, २०८१ शनिबार
06:57:24 PM
२९ साउन, २०७९
काठमाण्डौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुन गइरहेको छ । सो निर्वाचनका लागि निर्वाचन आयोगले १० अर्ब खर्च हुने अनुमान गरेको छ ।
आइतबार निर्वाचन आयोगले सम्पादकहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने जानकारी दिनुभएको हो ।
सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।
आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।