६ जेठ, २०८१ आइतबार

03:42:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेल आर्ट एण्ड व्यूटीमा टिजङ्गसको विश्वस्तरीय सीप सिकेर रोजगारी सुनिश्चित गर्दै नेपाली महिला, विदेशमा माग बढ्दो

Nepal Business

३ बैशाख, २०८०

उक्त स्कुलमा सीप सिकेकाहरुको विदेशी व्यूटी शैलुनमा माग बढी रहेको जनाइएको छ । सीप सिकेका महिलाहरु रोजगारीबाट विमुख हुने अबस्था नरहेको संस्थाले जानकारी दिएको छ ।

नेल आर्ट एण्ड व्यूटीमा टिजङ्गसको विश्वस्तरीय सीप सिकेर रोजगारी सुनिश्चित गर्दै नेपाली महिला, विदेशमा माग बढ्दो

नेपाली युवाले स्थापना गरेको टिजङ्गस नेल एण्ड व्यूटी इन्स्टिच्युटले स्वदेश तथा विदेशमा नेल आर्ट एण्ड व्यूटीको अन्तर्राष्ट्रियस्तरको सीप प्रदान गर्दै आइरहेको छ ।

संयुक्त अरब इमिरेटको दुबईमा स्थापित इन्स्टिच्युटले नेपालमा समेत शाखा स्थापना गरी नेपाली महिलाहरुलाई गुणस्तरीय सीप प्रदान गर्दै आइरहेको छ । यस स्कुलमा सीप सिकेकाहरु विदेशमा रहेका उच्चस्तरका व्यूटी सैलुनहरुमा रोजगारी गरिरहेका टिजङ्गस्का सिइओ एबं दुबई नेल च्याम्पियन जज मास्टर सुनिल जङ मल्लले जानकारी दिए ।

संयुक्त अरब इमिरेटको दुबईमा स्थापित इन्स्टिच्युटले नेपालमा समेत शाखा स्थापना गरी नेपाली महिलाहरुलाई गुणस्तरीय सीप प्रदान गर्दै आइरहेको छ । उक्त स्कुलमा सीप सिकेकाहरुको विदेशी व्यूटी शैलुनमा माग बढी रहेको जनाइएको छ । सीप सिकेका महिलाहरु रोजगारीबाट विमुख हुने अबस्था नरहेको संस्थाले जानकारी दिएको छ । 

यस स्कुलमा सीप सिकेकाहरु विदेशमा रहेका उच्चस्तरका व्यूटी सैलुनहरुमा रोजगारी गरिरहेका टिजङ्गस्का सिइओ एबं दुबई नेल च्याम्पियन जज मास्टर सुनिल जङ मल्लले जानकारी दिए ।

टिजङ्गसको मुख्य कार्यालय दुबइमा रहेको छ । त्यहाँको सरकारबाट सम्बन्धन प्राप्त उक्त स्कुलले विदेशीसहित इच्छुक नेपाली महिलाहरुलाई समेत शिक्षा दिँदै आएको छ । नेपालको काठमाडौँस्थित दरबारमार्ग, पोखरा, बुटबल र इटहरीको शाखा कार्यालयबाट समेत सीप प्रदान गर्दै आएको र उक्त कोर्स अन्तर्राष्ट्रियस्तरमै मान्यताप्राप्त रहेको उनले बताए ।

टिजङ्गस नेल एण्ड व्यूटी इन्स्टिच्युटले हालैमात्र १३ जना नेपाली महिलाहरुलाई दीक्षित बनाएको मल्लले जानकारी दिए । त्यसमध्ये ४ जना वैदेशिक रोजगारीका लागि फिक्स भइसकेको र अन्यको पनि रोजगारीको प्रक्रियामा रहेको काठमाडौँ शाखाका म्यानेजर निरज जिरेलले जानकारी दिए । नयाँ वर्ष २०८० को अबसरमा काठमाडौँमा कार्यक्रम गरेर संस्थाले मायाको चिनोसहित दीक्षित विद्यार्थीलाई सम्मानसमेत गरेको छ । 

‘नेप्लिज क्यान डु’ भन्ने नाराका साथ नेपालीहरु पनि विदेशीको तुलनामा सक्षम छन् भन्ने लक्ष्य बोकेर सन् २०१० मा स्थापना भएको इन्स्टिच्युटबाट अहिलेसम्म देश, विदेशका गरी ५ हजारले सीप सिकिसकेका छन् । म गर्न सक्छु भन्ने विश्वास भएन भने सीप भएर काम नलाग्ने भन्दै उनले आफ्नो थिम नै त्यही बनाएको उनले बताए ।

 सीप सिकेकामध्ये झण्डै १०० नेपाली पुगिसकेका छन् । ४० भन्दा बढी नेपालीले भने रोजगारी नै पाइसकेका जनाइएको छ । मुख्य त यो स्कुलले अनलाइनबाट तालिम दिने गर्छ । जुनसुकै देशका नागरिकहरु सहभागि हुन पाउने उक्त तालिमको महत्व बुझेपछि विकसित मुलुकका युवतीसमेत बढी आकर्षित भइरहेका जनाइएको छ । 

नेल आर्टका अन्तर्राष्ट्रिय जज मास्टरसमत रहेका सुनिल जङ् मल्ल मुख्यगरी व्यवसायिक सीप, सेवा दिने सीप, अंग्रेजी भाषाको ज्ञान, विदेशी मान्यताप्राप्त प्रमाणपत्र, आफूमा प्रतिबद्धता र अबसर चिन्ने क्षमता जता गुण भएका मानिस कुनै पनि मुलुकमा गएर प्रतिष्पर्धा गर्न सक्ने बताउँछन् । उनले नेल आर्टमा आउँदो पाँच वर्षमा विभिन्न देशका ५ हजार सैलुनसँग फ्रेन्चाइज गर्ने योजना बनाइएको बताए ।

उक्त इन्स्टिच्युटका सल्लाहकार दानबहादुर मल्लले विदेशमा गएर सीपविहीन हुँदा त्यसै फर्कनुपर्ने र बेचबिखनमा पर्नुपर्ने दुखद अबस्था रहेकोमा यसरी दक्ष जनशक्ति उत्पादनमा लागेर रोजगारीका लागि सुनिश्चितता प्रदान गर्न टिजङ्गस सफल भएको बताए । उनले यस संस्थाले सरकारले गर्नुपर्ने काम गरेको पनि बताए ।