६ जेठ, २०८१ आइतबार

10:04:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली नयाँ वर्षमा अष्ट्रेलियाका मन्त्री सहभागि, नेपाली संसकृति बारे बुझ्न पाएकोमा खुसी व्यक्त

२ बैशाख, २०७९

नेपाली नयाँ वर्षमा अष्ट्रेलियाका मन्त्री सहभागि, नेपाली संसकृति बारे बुझ्न पाएकोमा खुसी व्यक्त

सिड्नी अष्ट्रेलिया । पेञ्चस नेप्लिज् कम्युनिटी अस्ट्रेलियाले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अस्ट्रेलियाका परराष्ट्रमन्त्री मारिस पेने र मानसिक स्वास्थ्य तथा सुसाइड रोकथाम सहायक मन्त्री  डेभिड कोलम्यानले आफुहरुलाई नेपाली नयाँ वर्षमा सहभागी गराएकोमा कम्यूनिटिलाई धन्यावाद दिनुभएको छ । 

 नयाँ वर्षमा आफुहरु पनि सहभागी भई नेपाली संस्कृतिसगं जोडिन पाएकोमा खुसी व्यक्त गर्दै आयोजक प्रति आभार व्यक्त गर्नुभएको छ । 

अप्रिल १३ तारिखमा पेञ्चस आरएसएलको सभाहलमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा नयाँ वर्षमा आफुहरु पनि सहभागी भई नेपाली संस्कृतिसगं जोडिन पाएकोमा खुसी व्यक्त गर्दै आयोजक प्रति आभार व्यक्त गर्नुभएको छ । 

पेञ्चस नेप्लिज् कम्युनिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठको स्वागत मन्तव्यसगैं सुरु भएको कार्यक्रममा अस्ट्रेलियाका सघींय मन्त्रीद्धय मारिस पेने र डेभिड कोलम्यानले नेपाली कला संस्कृतिले विश्वको पर्यटनलाई आकर्षण गरेको बताउनुभयो ।

उहाँहरुले कोरोना महामारीले थला परेको अर्थतन्त्र र नेपाली समुदाय माथि उठ्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले नेपाल र अष्ट्रेलियाबीचको सम्वन्ध अझै राम्रो बनाउन यस्ता कार्यक्रमले थप सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा न्यू साउथ वेल्स राज्य परिषद सदस्य देव गुरुङले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै अष्ट्रेलिया र नेपालबीच श्रम क्षेत्रमा पनि कामदार ल्याउने विषयमा सहमति गर्न सके यसले नेपालीहरुलाई ठूलो सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा नयाँ वर्ष र वि.सको महत्व र ज्योतिष शास्त्र अनुसार यसको सान्दर्भिकताका विषयमा भिमसेन सापकोटा आचार्य र राजन शर्माले व्यख्या गर्नुभएको थियो । 

एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष मना केसीले दोहोरो कर हटाएर लगानी गर्ने वातावरण बनाउन आग्रह गर्दै दिल्लीमा रहेको भिषा सेक्सन काठमाण्डौमा सार्न अनुरोध समेत गर्नुभयो । कार्यक्रममा सहभागीहरुले अस्ट्रेलियामा आउने विद्यार्थीहरुको भिषा प्रक्रियामा छिटो प्रक्रिया अगाडि बढाईदिन अनुरोध गर्नुभएको थियो । 

एक्पोर्ट एजुकेशनका डाइरेक्टर सञ्जिव शर्माले नेपाली विद्यार्थीहरुलाई नेपालबाटै भिजा दिने व्यवस्था मिलाउन उहाँले अनुरोध गर्नुभयो । अहिले नेपाली विधार्थीहरुले भारतमा गएर भिसा लगाउनुपर्ने बाध्यता हटाउन पहल गर्न अनुरोध गर्नुभयो । उहाँले कृषि क्षेत्र लगाएतका क्षेत्रमा कामदार अष्ट्रेलिया ल्याउने व्यवस्था मिलाउन अनुरोध गर्नुभयो । 

संस्था स्थापना देखि हाल सम्म कमियुनिटले गरेको कार्यक्रमको जानकारी पेन्सस कमियुनिटि सल्लाहाकार डा. प्रकाश पौडेल ले सो जानकारी गराउनु भएको थियो

कार्यक्रममा  रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, NAA past president उमेश पन्थ लगायत समुदायका अगुवाहरू र कम्युनिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन ईनोस नेवारले गर्नुभएको थियो ।