६ जेठ, २०८१ आइतबार

12:04:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्वी अफ्रिकामा चरम खडेरी : मानिस प्रभावित, भकाभक मर्न थाले वन्यजन्तु

Nepal Business

२९ मंसिर, २०७८

पूर्वी अफ्रिकामा चरम खडेरी : मानिस प्रभावित, भकाभक मर्न थाले वन्यजन्तु


पूर्वीअफ्रिका, २९ मंसिर । होर्न अफ अफ्रिका भनिने अफ्रिका महादेशको पूर्वी भेगमा पर्याप्त पानी नपर्दा खडेरी परेको छ। त्यसबाट साढे दुई करोड जनाभन्दा बढी मानिस प्रभावित भएका छन्।

यो वर्ष पनि वर्षायाममा पानी नपरेपछि उत्तरी केन्या, सोमालियाको अधिकांश भाग र दक्षिणी इथियोपियामा नराम्रो खडेरी परेको छ।

धेरै ठाउँमा वन्यजीव र किसानले पालेका बस्तुभाउ मर्न थालेका छन्। आगामी वर्षको मध्यसम्म सुक्खा कायम रहने अनुमान गरिएको छ। बीबीसी