२४ बैशाख, २०८१ सोमबार

10:15:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रुडेन्शियल इन्स्योरेन्सद्धारा साधारणसभा आह्वान

Nepal Business

२४ फागुन, २०७९

सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने

प्रुडेन्शियल इन्स्योरेन्सद्धारा साधारणसभा आह्वान

प्रुडेन्शियल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १६ गते बिरगंजको दियालो लर्ड्स प्लाजामा  सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३.३२५  प्रतिशत बोनस शेयर र  ०.१७५ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३.३२५  प्रतिशत बोनस शेयर र  ०.१७५ प्रतिशत नगद  लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

 सामान्य प्रस्तावहरु :

१) आ.व. २०७८ / ७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

३) लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखा परीक्षक श्री के. जे. एण्ड एशोसियट्स चाटर्ड एकाउन्टेन्टस् कानूनत पुनः नियुक्त हुन सक्नेछ ।

४) संचालक समितिबाट प्रस्तावित रु. २०,७५,७५३/४३ नगद लाभांश पारित गर्ने (बोनस शेयरको कर प्रयोजनार्थ) ।

५) संचालक समितिबाट समूह (क) र (ख) अन्तर्गत रिक्त दुई संचालक पदको बाँकी कार्यकालका लागि गरिएको नियुक्तीको अनुमोदन गर्ने ।